जेठ ०६, २०८१, आइतबार
               

एम्बुलेन्स चालक, बैंकका कर्मचारीसहित थप १४ जनामा कोरोना संक्रमण

नेपाल फ्ल्यास
भदौ २१, २०७७

ADVERTISEMENT

पोखरा । एम्बुलेन्स चालक, बैंकका कर्मचारीसहित लमजुङमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार साँझ लमजुङका सुन्दरबजार, बेसीसहर, राइनास र मर्स्याङ्दीका २१ देखि ५८ वर्ष उमेर समूहका १२ जना पुरुष तथा २४ र २६ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको जानकारी दिएको छ ।

संक्रमण पुष्टि हुनेमध्ये सुन्दरबजार गाउँपालिकाका दुई जना सरसफाई कर्मचारी हुन् भने ३८ वर्षीय दुई पुरुष भारतबाट फर्किएका हुन् ।

त्यसैगरी मुक्तिनाथ विकाश बैंकमा कार्यरत बेसीसहर-२ का ४१ वर्षीय कर्मचारी र मर्स्याङ्दी-२ का ५८ वर्षीय एम्बुलेन्स चालकमा समेत कोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयले अन्य सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको बताएको छ । 

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार ५३१ पुगेको छ । गण्डकी प्रदेशमा १ हजार ७८५ जना डिस्चार्ज भएका छन् । संक्रमणको तुलनामा निको हुने दर ७०.५२ प्रतिशत रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि