काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका परिवारका एक सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
छोरालाई कोरोना संक्रमण देखिएपछि मन्त्री ढकाल होम क्वारेन्टाइनमा बसेका छन् ।
परिवारको सदस्यलाई कोरोना संक्रमण देखिएपछि आफू क्वारेन्टाइनमा बसेको मन्त्री ढकालले बताए ।
क्वारेन्टाइनबाटै मन्त्रालयको काम गरिरहेको समेत उनले जानकारी दिए ।