असोज ०६, २०८१, आइतबार
               

दुई नर्ससहित गण्डकीमा थपिए ६९ संक्रमित

नेपाल फ्ल्यास
भदौ २१, २०७७

ADVERTISEMENT

पोखरा । गण्डकी प्रदेशमा थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये अमरसिंहचोकस्थित पार्कल्याण्ड अस्पतालमा कार्यरत दुई नर्स समेत रहेका छन् ।

थपिएका ६९ संक्रमितमध्ये पोखरा महानगरका मात्रै २० जना रहेको गण्डकी प्रदेश निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार स्याङजा पुतली बजारका २२ जना, तनहुँमा ७, नवलपरासी पूर्वमा १३ जना, बागलुङमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी लमजुङको रिलायन्स फाइनान्समा कार्यरत दुई जना कर्मचारी, कावासोतीमा दुई जना र बुलिंगटारका एक जनामा कोरोना पुष्टि भएको छ ।

संक्रमित सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् । साथै, गोरखामा दुई जना संक्रमित भेटिएका छन् । 

संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा संक्रमितको जम्मा संख्या दुई हजार ५१६ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि