असोज ०६, २०८१, आइतबार
               

पोखरामा २२ जनासहित गण्डकीमा थपिए ४४ संक्रमित

नेपाल फ्ल्यास
भदौ २०, २०७७

ADVERTISEMENT

पोखरा । गण्डकी प्रदेशमा शनिबार बिहान थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा गण्डकीमा ४४ जना नयाँ संक्रमित थपिएका हुन् ।

नयाँ थपिएका संक्रमितमा कास्कीको पोखरा महानगरपालिकाका मात्रै २२ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । 

उनका अनुसार थपिएका नयाँ संक्रमितमा लमजुङका १७, बागलुङका ३, स्याङ्जा र नवलपरासी (सुस्तापूर्व) का एक-एक जना रहेका छन् ।

थपिएका पोखराका नयाँ संक्रमितमा दुई जना महिला पोखरा महानगरपालिकाका पश्चिमाञ्चल सामुदायिक अस्पताल, पृथ्वी चोकमा कार्यरत रहेको र पाँच जना पुरुष भारतबाट आएका हुन् । 

त्यस्तै पोखराकै एक पुरुष डाँफे सहकारी संस्थामा कार्यरत कर्मचारी हुन् भने लमजुङको बेशीसहरका चार जना लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीहरु हुन् । अन्य सबै सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।

सबै संक्रमितहरुलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि