असोज ०६, २०८१, आइतबार
               

डा. केसीलाई माथिको आदेश भन्दै औषधि किन्न अवरोध

नेपाल फ्ल्यास
भदौ १९, २०७७

ADVERTISEMENT

जुम्ला । डा. गोविन्द केसीलाई औषधि किन्नमा अवरोध गरिएको छ । सत्याग्रह स्थगित गरी स्वास्थ्य शिविर चलाउन गाउँ जान लागेका केसीलाई शुक्रबार बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सुरक्षाकर्मीले ‘माथिको आदेश’ भन्दै फार्मेसीमा औषधि किन्न अवरोध गरेका हुन् । 

डा. केसीले हाडजोर्नीसम्बन्धी दुई प्रकारको औषधि बाहिर नपाउने र प्रतिष्ठानको फार्मेसीमा मात्र पाउने भएपछि लिन जाँदा रोकिएको बताए ।

सबैको आग्रहअनुसार कोरोना संकटका बेला सत्याग्रह रोकी औषधि लिएर सिँजा, पातारासी क्षेत्रमा जाने योजना बनाएका उनलाई औषधि किन्न नै रोकिएको हो । ‘रित्तै जानुभन्दा बिरामीका लागि औषधि लग्नुपर्‍यो भनेको त भित्र छिर्नै दिएनन्,’ उलने भने । 

कर्णालीमै रहेका उनलाई  स्थानीय तह र स्थानीय प्रशासनले बिरामीको उपचार र स्वास्थ्य परीक्षणमा अवरोध हुँदै आएको उनको भनाइ छ । ‘केन्द्र सरकारको निर्देशनमा आफूमाथि यस्तो अवरोध हुँदै आएको हो,’ उनले भने, स्वयंसेवा गर्न खोज्दा पनि अवरोध गरिँदा आफू अचम्मित भएको छु ।’


कस्तो लाग्यो ?

यो पनि