असोज ०६, २०८१, आइतबार
               

बैंकका कर्मचारी र प्रहरीसहित थप ४५ जनामा कोरोना संक्रमण

नेपाल फ्ल्यास
भदौ १९, २०७७

ADVERTISEMENT

वीरगञ्ज । प्रदेश २ को पर्सा र बारा जिल्लामा शुक्रबार बिहान थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जको नारायणी अस्पतालस्थित प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा पर्साका २६ जना र बाराका १९ जना गरी ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरु १८ देखि ४५ वर्ष उमेर समूहका छन्, जसमध्ये १० जना महिला छन् । त्यस्तै सुरक्षाकर्मी र बैंकका कर्मचारीको समेत कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

पर्साको वीरगञ्जमा मात्रै १९ जनामा संक्रमण पुष्टि भएको छ । नबिल बैंकमा कार्यरत पाँच जनामा संक्रमण देखिएको छ । उनीहरु ३७, ३२, २६, २७ र २१ वर्षीय पुरुष हुन् । वीरगञ्जको वडा नम्बर ९, १०, ११, १४ र २२ मा दुई-दुई जना र वडा नम्बर ८, १५ र २१ मा एक-एक जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये एक जनाको ठेगाना खुलेको छैन ।

पर्साको कालिकामाई गाउँपालिका-१ मा दुई जना, वडा नम्बर ३ मा एक जना, सखुवा प्रसौनी गाउँपालिका-४ मा दुई जना, वडा नम्बर ५ मा एक जना र पटेर्वासुगौलीमा एक जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

त्यस्तै बाराको निजगढ नगरपालिका-८ मा दुई जना, वडा नम्बर ३, ७ र ९ का एक-एक जनामा कोरोना संक्रमण देखिएको छ ।

इलाका प्रहरी कार्यालय निजगढका ३३, ३९, ३३, ४३, ५७ र २८ वर्षका ६ जना र सशस्त्र प्रहरी बल पिलुवाका २६ र ३७ वर्षीय पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

कामना विकास बैंकमा कार्यरत २५ वर्षीय पुरुषको समेत कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि