असोज ०६, २०८१, आइतबार
               

पोखरामा सात प्रहरीसहित गण्डकीमा थपिए ४० संक्रमित

नेपाल फ्ल्यास
भदौ १९, २०७७

ADVERTISEMENT

पोखरा । गण्डकी प्रदेशमा शुक्रबार बिहान थप ४० जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य निर्देशनालय गण्डकीले कास्कीको पोखरा महानगरका १६ जनासहित तनहुँ, स्याङजा, बागलुङ, लमजुङ र नवलपुरमा गरी  ४० जनामा कोरोना संक्रमण देखिएको जनाएको हो ।

संक्रमण पुष्टि हुनेमा पोखरा महानगरका ७ वटा वडाका २३ देखि ५० वर्ष उमेर समूहका महिला तथा पुरुष छन् । 

महानगरका ५, १०, १२, १४, १५, २७ र ३० वडाहरुमा संक्रमण देखिएको हो । पोखरा-१५ मा संक्रमण पुष्टि हुने २६ देखि ३१ वर्ष उमेर समुहका सात जना नेपाल प्रहरीमा कार्यरत पुरुष रहेको निर्देशनालयले उल्लेख गरेको छ । अन्य संक्रमित सबै कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणका क्रममा कोरोना पुष्टि भएको हो ।

त्यसैगरी तनहुँ म्याग्देकी २६ वर्षीया महिला तथा भानुकी ५५  वर्षीया महिला, स्याङजा कालिगण्डकीका २८ वर्षीय पुरुष , बागलुङ ताराखोलाका ४२ वर्षीय पुरुष, लमजुङ मध्येनेपाल का ३९ वर्षीय पुरुष, राइनासका ३१ वर्षीया महिला तथा ५५ वर्षीय पुरुष र नवलपुर देवचुलीका ३५ वर्षीय पुरुष तथा गैंडाकोटका १८ देखि ५९ वर्ष उमेर समुहका १६ जनामा  कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ३५२ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि