बैशाख १७, २०८१, सोमबार
               

गण्डकी प्रदेशमा फेरि थपिए ७ प्रहरीसहित ४० जना कोरोना संक्रमित

नेपाल फ्ल्यास
भदौ १९, २०७७

ADVERTISEMENT

गण्डकी । गण्डकी प्रदेशमा आज ४० जना कोरोना संक्रमति थपिएका छन् । हालसम्म गण्डकीमा संक्रमित दुई हजार ३५२ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

पोखरामा मात्रै १६ कोरोना संक्रमित थपिएका छन् । निर्देशनालयका अनुसार पोखरामा एक महिलासहित १६ जनामा संक्रमण पुष्टि भएको हो ।

तीमध्ये पोखरा–१५ मा सात जना नेपाल प्रहरीमा कार्यरत छन् । त्यसैगरी तनहुँमा दुई, लमजुङमा तीन, स्याङ्जा र बाग्लुङमा एक÷एक तथा नवलपरासीमा १७ जनामा संत्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि