बैशाख २१, २०८१, शुक्रबार
               

कोरोना संक्रमण पुष्टि भए पनि हामी भयभीत भएका छैनौँ : डा. भोला रिजाल

नेपाल फ्ल्यास
भदौ १७, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना संक्रमण पुष्टि भएका स्त्री तथा प्रसूति रोगका वरिष्ठ विशेषज्ञ डा. भोला रिजालले आफूहरु भयभीत नभएको बताएका छन् । 

बुधबार सामाजिक सञ्जालमा श्रीमतीको फोटो पोस्ट गर्दै उनले यस्तो बताएका हुन् । 

‘हामी दुवै आज कोरोना संक्रमित भएका छौँ, तर थोरै पनि भयभीत छैनौँ । हामीलाई मात्र होइन, सबैले अरुलाई पनि हौसला दिऔँ । संक्रमितहरुको मनोबलका साथै स्वास्थ्यकर्मी जो आफ्नो जीवन राष्ट्रका लागि समर्पण गरिरहेका छन्, सबैलाई सलाम छ ।’

दम्पत्तिद्वयमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै ह्याम्स अस्पतालको आइसोलेसनमा भर्ना भएका छन् ।

यसका साथै उनले उक्त पोस्टमा स्वास्थ्यकर्मी हुनुको जोखिमबारे पनि बताएका छन् ।

‘म एउटा स्वास्थ्यकर्मी । हाम्रो जीवन आफ्नो हातमा कहाँ हुन्छ र ? हामी आफूमात्रै होइन हामीबाट हाम्रो परिवारसमेत उत्तिकै जोखिममा रहन्छन्,’ उनले सो सामाजिक सञ्जालमा लेखेका छन् ।  यसका अलवा उनले आफूहरुलाई आशिर्वाद, स्वास्थ्य लाभको शुभकामना दिने सबैलाई धन्यवाद दिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि