बैशाख २१, २०८१, शुक्रबार
               

यी पाँच जिल्लामा छैनन् कोरोना संक्रमित

नेपाल फ्ल्यास
भदौ १६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालका पाँच जिल्लामा सक्रिय संक्रमितको संख्या शून्यमा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि हिजो (सोमबार) सम्म कोरोना संक्रमित शून्य भएको जिल्ला दुई वटा मात्र थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोलुखुम्बु, मुस्ताङ, हुम्ला, होल्पा र मुगुमा सक्रिय संक्रमित देखिएका छैनन् । 

त्यस्तै १२ वटा जिल्लामा भने पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

काठमाडौं, ललितपुर, चितवन र रुपन्देहीमा ५०० बढी संक्रमित छन् । त्यस्तै पर्सा, बारा, सर्लाही, रौतहट, धनुषा, महोत्तरी, मोरङ र सुनसरीमा पनि ५०० भन्दा बढी सक्रिय संक्रमित छन् ।


कस्तो लाग्यो ?

यो पनि