बैशाख २१, २०८१, शुक्रबार
               

कोरोना संक्रमितकाे संख्या ४० हजार ५ सय नाघ्यो
मंगलबार थप १ हजार ६९ जनामा संक्रमण

नेपाल फ्ल्यास
भदौ १६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा  १ हजार ६९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । 

योसँगै नेपालमा कुल संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ । सक्रिय संक्रमितको संख्या १८ हजार ११२ जना छन् । साथै हाेम आइसाेलेशनमा ७ हजार २८० जना छन्  । 

विगत २४ घण्टामा १२ हजार ८८ जनाको पिसिआर परीक्षण गरिएकाे हाे ।  आज थप ७६८ कोरोनामुक्त भएर डिस्चार्ज हुनेको संख्या २२ हजार १७८ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि