असोज ०६, २०८१, आइतबार
               

१४ दिने नाबालक, बैंकका कर्मचारीसहित ३९ जनामा कोरोना संक्रमण

नेपाल फ्ल्यास
भदौ १६, २०७७

ADVERTISEMENT

पोखरा । गण्डकी प्रदेशमा आज (मंगलबार) बिहान थप ३९ जनामा रोना भाइरस सक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार २०५ पुगेको छ ।

मंगलबार बिहान लमजुङको बेसीशहरमा २६ नवलपुरको बिनयत्रिवेणी र देबचुलीमा १० जना, पोखरामा दुईजना र बागलुङमा एकजना गरी थप ३९ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालयले गण्डकीले लमजुङको बेसीसहरका १४ दिनका नाबालकसहित २६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा लमजुङको बेसीसहर स्थित सामुदायिक अस्पतालमा उपचाररत १४ दिने बालकसहित २२ देखि ५५ वर्ष उमेर समुहका पाँच जना तथा अस्पतालमा कार्यरत ५३ वर्षीय पुरुष, ग्लोबल आइएमई बैंकमा कार्यरत २५ देखि ३५ वर्ष उमेर समुहका पाँच जना कर्मचारी, २२ देखि ३७ वर्ष उमेर समुहका चार प्रहरी र २८ वर्षीया एक महिला पत्रकार रहेका छन् ।

लमजुङका १६ देखि ५१ वर्ष उमेर समूहका थप १० जनामा कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणमा कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।

यसैबीच, पोखरा–६ का ४५ वर्षीय पुरुष र पोखरा–१३ की २४ वर्षीया महिलामा कोरोना देखिएको पुष्टि भएको छ ।

पोखरा–६ का संक्रमित व्यक्ति पर्यटन व्यवसायी रहेको र उनको पोखराको चरक मेमोरियल हस्पिटलमा उपचार भइरहेको निर्देशनालयले जनाएको छ । पोखरा–१३ की संक्रमित महिला भने होम आइसोलेसनमा छिन् ।


कस्तो लाग्यो ?

यो पनि