मंसिर ०७, २०८१, शुक्रबार
               

इलाका प्रहरी कार्यालयका ११ प्रहरीलाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
भदौ १६, २०७७

ADVERTISEMENT

रुपन्देही । इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत ११ जना प्रहरीमा कोरोना संक्रमण भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालमा २४ जना प्रहरीको पीसीआर जाँच गर्न पठाइएको १९ जनाको रिपोर्ट आउँदा ११ जनामा कोभिड–१९ पोजेटिभ देखिएको हो । बाँकीको रिपोर्ट आउन बाँकी छ ।

इलाका प्रहरी कार्यलय बुटवलका प्रमुख डीएसपी प्रतितसिंह राठौरले ११ जनामा संक्रमण देखिएको पुष्टि गरे । 

परीक्षणको रिपोर्टअनुसार संक्रमण हुनेहरु प्रहरी जवानदेखि अधिकृतसम्मका रहेको बताइएको छ ।

१५० भन्दा बढी प्रहरी रहेको रुपन्देही इलाका प्रहरी कार्यालयमा संक्रमितको संख्या ३० पुगेको छ । यसअघि भदौ १० गते १५ थुनुवा र ४ जना प्रहरीमा संक्रमण पुष्टि भएको थियो ।

थुनुवा र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूको सम्पर्कमा आएका र लक्षण देखिएका प्रहरीमा गरिएको परीक्षणमा सोमवार थप ११ जनामा कोरोना पुष्टि भएको हो । 


कस्तो लाग्यो ?

यो पनि