काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यमा कोरोना संक्रमण देखिएकाे छ । शनिबार स्वाब संकलन गरी परीक्षण गर्दा उनमा सोमबार कोरोना पुष्टि भएको हो ।
मेयर शाक्यको सचिवालयका अनुसार उनकी पत्नीलाई बिसन्चो भएपछि दुवै जनाकाे स्वाब संकलन गरिएको थियो । तर, उनकी पत्नीमा कोरोना देखिएन भने मेयर शाक्यमा भने कोरोना पुष्टि भएको हो ।
कोरोना पुष्टि भएसँगै उनी होम आइसोलेसनमा बसेका छन् । तर, मेयर शाक्यको सचिवालयका अनुसार उनमा कोरोनाको कुनै लक्षण देखिएको छैन ।