मंसिर ०७, २०८१, शुक्रबार
               

भारतमा एकैदिन थपिए ७८ हजार ७८१ जना संंक्रमित

एजेन्सी
भदौ १५, २०७७

ADVERTISEMENT

भारतमा विश्वकै अहिलेसम्मको एकैदिनको उच्च संक्रमण पाइएको छ ।  विश्वको तेस्रो उच्च संक्रमित संख्या रहेको भारतमा एकैदिन ७८ हजार ७८१ जना संक्रमित थपिएका छन् ।

यसअघि १७ जुलाईमा ७८ हजार २९९ संक्रमित सहित अमेरिकामा विश्वकै उच्च दैनिक संक्रमण पाइएको थियो । दशौँ लाखले रोजगारी गुमाएको मार्च महिनायताको पुष्ठभूमिमा सरकारले अर्थतन्त्र उकास्ने प्रयासस्वरूप प्रतिबन्धहरू क्रमशः हटाइरहँदा त्यस्तो वृद्धि देखिएको हो । 

विश्वमा पुष्टि भएका संक्रमितको संख्या साढे दुई करोड नाघ्दा कोभिड १९ भएर ज्यान गुमाउनेको संख्या आठ लाख ४३ हजार बढी पुगेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयको अनुसन्धानका अनुसार करिब ६० लाख संक्रमितहरू सहित अमेरिका सबैभन्दा उच्च प्रभावित देशको रूपमा छ । धेरै ग्रामिण क्षेत्रमा कोभिड १९ वृद्धिको क्रम देखिनु यतिखेर मुख्य सरोकार बनेको छ ।

कोभिड १९ को महामारी सुरु हुँदा भारतको अवस्था ठिकठिकै थियो । त्यसबेला कडा लकडाउन गरिएको थियो । तर भाइरस साना सहर वा गाउँमा फैलनुअघि मुम्बई र दिल्लीजस्ता ठूला सहरमा देखिन थाले ।
 
 


कस्तो लाग्यो ?

यो पनि