मंसिर ०७, २०८१, शुक्रबार
               

नारायणी अस्पतालमा थप ४१ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
भदौ १५, २०७७

ADVERTISEMENT

वीरगञ्ज । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ देखि ७० वर्ष उमेर समूहमा परीक्षण गर्दा एकैचोटी ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरुमध्ये ३३ जना पुरुष छन् भने बाँकी महिला रहेका छन् । 

कोरोना पुष्टि हुनेमा पर्साका ३२ जना, बाराका चार जना र सर्लाहीका एक जना छन् । जसमध्ये एक जना पुरुषको ठेगाना पहिचान हुन नसकेको अस्पतालले जनाएको छ । 

अस्पतालका अनुसार नारायणी अस्पतालको इर्मजेन्सीमा भर्ना भएका चारजनाको जिन एक्सपर्ट टेष्ट गर्दा तीन जनामा पोजेटिभ पुष्टि भएको थियो । सो अस्पतालका अनुसार ३८ देखि ६० वर्ष समूहका संक्रमितलाई थप उपचारका लागि कोभिड अस्पताल रिफर गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार हालसम्म दुई हजार एक सय ६० मा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ६ सय ८४ जना कोरोनामुक्त भएका छन् । भने ३६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । 

यो पनि