असोज ०६, २०८१, आइतबार
               

स्याङ्जा चापाकोट अस्पतालको एम्बुलेन्स दुर्घटना, दुईजनाको मृत्यु

नेपाल फ्ल्यास
भदौ १४, २०७७

ADVERTISEMENT

काठमाडौं । पाल्पा जिल्लासँगै सीमाना जोडिएको स्याङ्जा जिल्लास्थित चापाकोट अस्पतालको एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आइतबार (आज) बिहान ४ बजेकाे समयमा चापाकोट अस्पतालको एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट चापाकोट जाँदै गरेको एम्बुलेन्स वालिङ ५ माझकोटमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ ।  मृत्यु हुनेमा चापाकोट नगरपालिका– ९ निवासी  ३२ वर्षीय भानुभक्त गैह्रे र वडा नं १० निवासी २५ वर्षीय श्याम पंगेनी रहेको जिल्ला प्रहरी कार्यालय वालिङले जनाएको छ ।

त्यस्तै, चापाकोट नगरपालिका– ९ निवासी एम्बुलेन्स चालक ३१ वर्षीय सुरेन्द्र भण्डारी र त्यसमा सवार २८ वर्षीया पवित्रा पोख्रेल घाइते भएको जनाइएको छ ।  
 

यो पनि