मंसिर ०७, २०८१, शुक्रबार
               

काठमाडौं उपत्यकामा थपिए १८६ संक्रमित

नेपाल फ्ल्यास
भदौ १३, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । 

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकामा १८६ जना संक्रमित थपिएको जानकारी दिए । 

प्रवक्ता गौतमका अनुसार काठमाडौंमा मात्र १५५ जना संक्रमित थपिएका छन् । त्यसैगरी भक्तपुरमा १२  जना र ललितपुरमा १९ जनामा कोरोना संक्रमण देखिएको उनले बताए ।


कस्तो लाग्यो ?

यो पनि