जेठ ०७, २०८१, सोमबार
               

दार्चुलामा थप दुईजनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
भदौ १३, २०७७

ADVERTISEMENT

दार्चुला । दार्चुलाका २ जनामा कोरोना सक्रमण पुष्टि भएको छ। डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दार्चुलाको महाकाली नगरपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

महाकाली नगरपालिकाका १९ र २१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका कोभिड १९ सम्पर्क व्यक्ति विरेन्द्रप्रसाद भट्टले बताए । उनले भने, भदौ ७ गते महाकाली नगरपालिकाका ४ महिलासहित ३१ जनाको स्वाब संकलन गरिएको थियो। स्वाब संकलन गरिएकामध्ये २९ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ।

शनिबार कोरोना पुष्टि भएका महाकाली नगरपालिका २ जनासँगै दार्चुलामा कोरोना संक्रमितको संख्या कुल ५० पुगेको छ भने हालसम्म ४७ जना कोरोना संक्रमित निको भएर घर फर्किएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ।


कस्तो लाग्यो ?

यो पनि