मंसिर ०७, २०८१, शुक्रबार
               

पर्सामा थप ३१ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
भदौ १३, २०७७

ADVERTISEMENT

वीरगन्ज । पर्सामा थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोशालमा शुक्रबार राति गरिएको परीक्षणमा पर्साका ३१ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसीयाले जानकारी दिए ।

संक्रमण पुष्टि भएका पर्साका ३१ मध्ये वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २, ३,  ६, १० र  २१ का गरी १८ जना छन् ।

पर्साको पोखरिया नगरपालिकाको वडा नम्बर-३ का ६ जना, वडा नम्बर-४ का चार जना, कालिकामाई गाउँपालिकाको वडा नम्बर-३ हरिहरपुरका दुई जना र वडा नम्बर-२ भेडिहारीका एक जनामा शुक्रबार राति संक्रमण पुष्टि भएको हो । 

शुक्रबार राति ३१ जनामा संक्रमण पुष्टि भएसँगै पर्सामा संक्रमितको संख्या दुई हजार ९५ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

पर्सामा शुक्रबार साँझसम्म पाँच सय ८६ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भई घर फर्किसकेका छन् । शुक्रबार साँझ पनि ३९ जना अस्पतालबाट डिस्चार्ज भएका थिए । 


कस्तो लाग्यो ?

यो पनि