असोज ०६, २०८१, आइतबार
               

स्वास्थ्यकर्मी र २० प्रहरीसहित थप २९ जनामा कोरोना संक्रमण

नेपाल फ्ल्यास
भदौ १३, २०७७

ADVERTISEMENT

पोखरा । गण्डकी प्रदेशमा शुक्रबार साँझ थप २९ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये पोखरा महानगरका एक जना छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार साँझ जारी गरेको दुई विज्ञप्तिमा कास्की, लमजुङ र नवलपुरका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको उल्लेख छ ।

संक्रमित हुनेमा पोखराको मणिपाल हस्पिटलमा कार्यरत २६ वर्षीय पुरुष, लमजुङ बेसीसहरमा कार्यरत २० जना प्रहरी, बेसीसहरका एक थुनुवा, लमजुङ सामुदायिक अस्पतालमा कार्यरत ४७ वर्षीय महिला र ५१ वर्षीय पुरुष तथा राइनासका २१ वर्षीया महिला रहेको निदेशानालयले जनाएको छ ।

त्यस्तै नवलपुर देवचुलीकी ५४ वर्षीया महिला स्वास्थ्यकर्मी, मध्यविन्दुका ३४ वर्षीय पुरुष तथा कावासोतीका ३४ र ७० वर्षीया महिलामा कोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि