मंसिर ०७, २०८१, शुक्रबार
               

नगर प्रमुख कार्कीद्वारा ल्यावको उद्घाटन

नेपाल फ्ल्यास
भदौ १३, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो समय देशभर कोरोना संकटको घडीमा महोत्तरी जिल्लाको बर्दीबास नगरपालिकाले त्यहाँ रहेको अस्पतालमा पिसिआर परिक्षणको लागि ल्याव संचालन गरेको छ । शनिबार नगरपालिकाका मेयर विदुर कुमार कार्कीले त्यस ल्यावको उद्घाटन गरेका छन् ।

यसभन्दा अगाडि प्रदेश २ स्थित जनकपुरधामको प्रादेशिक अस्पताल, नारायणी उपक्षेत्रीय अस्पताल बिरगञ्ज, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा मात्रै पिसिआर परिक्षण हुने गरेको थियो ।

उक्त नगरपालिकाले करिब सवा एक करोड रुपैयाँको लागतमा पिसिआर मेसिन जडान गरेको जनाइएको छ । त्यस नगरपालिकामा कोरोना महामारीको समयमै ल्याव संचालनमा ल्याएको छ । दैनिक ९ सय क्षमताको भए पनि पर्याप्त जनसक्ती नभएकोले अहिले करिव ३ सयको हाराहारीमा मात्रै परिक्षण हुने नगर प्रमुख कार्कीले जानकारी दिए ।

उनका अनुसार सुरुवातको चरणमा एक घर एक पिसिआर को अवधारणामा कोरोना परिक्षण गर्ने तयारी नगरपालिकाले गरेको छ । 

यो पनि