मंसिर ०७, २०८१, शुक्रबार
               

बैंकका कर्मचारी र पसलेसहित थप ११ जनामा कोरोना संक्रमण

नेपाल फ्ल्यास
भदौ १२, २०७७

ADVERTISEMENT

पोखरा । पोखरा महानगरमा शुक्रबार दिउँसो थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा शुक्रबार जारी तेस्रो विज्ञप्तिमा पोखराका बैंकका कर्मचारी, कन्सल्टेन्सीका कर्मचारी र मोबाइल पसलेसहित थप ११ जनामा संक्रमण पुष्टि भएको बताइएको छ ।

संक्रमित हुनेहरुमा पोखरा–२ मा रहेको कामना विकास बैंकमा कार्यरत २५ वर्षीय पुरुष, पोखरा–३ मा रहेको एभरेस्ट बैंक (अमर सिंह चोक शाखा) मा कार्यरत २९ वर्षीय पुरुष, इन्जिनियरिङ कन्सल्टेन्सीमा कार्यरत पोखरा–१४ का ३५ वर्षीय पुरुष, पोखरा–५ का औद्योगिक क्षेत्रमा कार्यरत ३३ वर्षीय पुरुष तथा  पोखरा–१ का मोबाइल पसलका सञ्चालक १८ वर्षीय पुरुष रहेको निर्देशानालयले जनाएको छ ।

निर्देशानालयका अनुसार, कन्ट्याक्ट ट्रेसिङको क्रममा ११ जना संक्रमित थपिएका हुन् ।

यसअघि आजै पोखरामा पोखरा–११ की ५६ वर्षीया महिला, पोखरा–१४ का २७ वर्षीय पुरुष, पोखरा–१६ का १५ र ३९ वर्षीया महिला तथा ३५ र ४९ वर्षका पुरुषमा कोरोना देखिएको थियो ।

संक्रमित सबैलाई आइसोलेसनमा राखिने बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि