पोखरा । गण्डकी प्रदेशमा दुई जना प्रहरीसहित थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
शुक्रबार बिहान पोखरा–१७ का २८ वर्षीय र २९ वर्षीय दुई पर्यटक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
पोखरामा मात्रै तीन जनामा संक्रमण देखिएको निर्देशनालयले जानकारी दिएको छ । कन्ट्याक्ट ट्रेसिङका क्रममा पोखरा–३० की ५० वर्षीय महिलामा समेत कोरोना संक्रमण देखिएको हो ।
निर्देशनालयले तनहुँका दुई पालिकाका चार जना पुरुष, लमजुङका दुई पालिकाका एक महिला र एक पुरुष तथा नवलपुरका दुई पालिकाका पाँच जना महिला र तीन जना पुरुषमा समेत कोरोना पुष्टि भएको जनाएको छ ।
कोरोना संक्रमितहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लगिने निर्देशनालयले जनाएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार २२ पुगेको छ ।
गण्डकीमा कोरोना संक्रमणमुक्त भइ घर फर्किनेको संख्या एक हजार ६७२ पुगेको छ ।