जेठ ०५, २०८१, शनिबार
               

लमजुङमा २० सैनिकसहित २३ जनामा कोरोना संक्रमण

नेपाल फ्ल्यास
भदौ ११, २०७७

ADVERTISEMENT

लमजुङमा कार्यरत नेपाली सेनाका २० सैनिकसहित एकैदिन २३ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

नेपाली सेना श्रीजङ गणअन्तर्गत कृषि प्राविधिक शिक्षालयमा रहेका २० जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

साथै सदरमुकाम बेसीसहरस्थित ग्लोबल आईएमई बैंकमा कार्यरत दुई जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । 

नयाँ संक्रमितमध्ये नेपाली सेनाका २० जनालाई सुन्दर बजारस्थित नमुना सामुदायिक अस्पतालको आइसोलेसनमा राखिएको छ भने अन्य तीन जनालाई बेसीसहरको सहजस्थित भवन डिभिजन कार्यालयमा निर्माण भएको आइसोलेसनमा राखिएको छ । योसँगै लमजुङमा कोरोना संक्रमितको संख्या १ सय ३९ पुगेको छ । 


कस्तो लाग्यो ?

यो पनि