जेठ ०५, २०८१, शनिबार
               

९ जिल्लामा पाँच सयभन्दा बढी संक्रमित, दुई जिल्लामा छैन कोरोना

नेपाल फ्ल्यास
भदौ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार १११ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै देशभर कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ ।  

यसैबीच बिहीबार पाँच सयभन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाको संख्या ९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले ९ वटा जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेको जानकारी दिए ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार काठमाडौं, ललितपुर, मोरङ, पर्सा, बारा, धनुषा, सर्लाही, रौतहट र महोत्तरीमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी मुस्ताङ र हुम्लामा भने सक्रिय संक्रमित एक जना पनि नरहेको मन्त्रालयले स्पष्ट पारेको छ ।


कस्तो लाग्यो ?

यो पनि