जेठ ०५, २०८१, शनिबार
               

निगमका १५ जनामा कोरोना संक्रमण, अमलेखगञ्ज पुगे काठमाडौंका १० कर्मचारी

नेपाल फ्ल्यास
भदौ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल आयाल निगमका १५ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार गरिएको पीसीआर परीक्षणमा १५ जना कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको हो ।

निगमको क्षेत्रीय कार्याल तथा पेट्रोलियम डिपो अमलेखगञ्ज पेट्रोल पम्प, भैरहवा पेट्रोल पम्प र वीरगञ्ज पेट्रोल पम्पमा गरी जम्मा १५ जना कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।

अमलेगन्ज क्षेत्रीय कार्यालमा ६ जना, भैरहवामा ६ जना र नेपालगञ्जमा तीन जना गरी १५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

यसअघि अमलेखगञ्जका चार कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि तीन दिनका लागि निगमले उक्त पेट्रोल पम्प सिल गरेको थियो । उक्त पम्प बन्द भएपछि निगमले पेट्रोलियम पदार्थ वितरण भैरहवाबाट गर्ने व्यवस्था मिलाएको थियो ।

तर, पछिल्लो (सोमबार) को पिसिआर परीक्षणमा अमलेखगञ्जमा थप दुई जनामा कोरोना संक्रमण देखिएपछि सो पम्प व्यवस्थापन र्गको लागि निगमले काठमाडौं केन्द्रीय कार्यालबाट १० जना कर्मचारी पठाएको प्रवक्ता उपाध्यायले बताए । 

काठमाडौंबाट १० जना कर्मचारी अमलेखगञ्ज पुगेसँगै आजैबाट अमलेखगञ्ज पेट्रोल पम्प सञ्चालनमा आएको छ ।


कस्तो लाग्यो ?

यो पनि