जेठ ०४, २०८१, शुक्रबार
               

कञ्चनपुरमा उच्च ज्वरोका कारण चार जनाको मृत्यु

नेपाल फ्ल्यास
भदौ ११, २०७७

ADVERTISEMENT

कञ्चनपुर  । कञ्चनपुरमा उच्च ज्वरोका कारण पछिल्लो १० दिनमा चार जनाको मृत्यु भएको छ । 

उच्च ज्वरो आएका आठ जनामध्ये  चार जनाको मृत्यु भएको हो भने अन्य चारको उपचार भइरहेको छ । बिरामी भएकामध्ये अधिकांशमा एक सय डिग्रीभन्दा बढी ज्वरो आएको छ ।

हाल उनीहरुको उपचार महाकाली अस्पताल र कैलालीको सेती प्रादेशिक अस्पताल भइरहेको छ । 

स्थानीय दोधरा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारमा आएका उनीहरुलाई उपचार सम्भव नभएपछि सो अस्पताल रिफर गरिएको थियो । सर्वप्रथम एक १३ वर्षीया बालिकाको उच्चज्वरोका कारण ज्यान गएको थियो । 


कस्तो लाग्यो ?

यो पनि