बैशाख २५, २०८१, मंगलबार
               

चितवनमा नौजनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
भदौ ११, २०७७

ADVERTISEMENT

चितवन । चितवनको माडीमा नाै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । करिब डेढ महिनापश्चात् चितवनामा यति धेरै कोरोना संक्रमित पहिचान भएका हुन् ।

३१ गतेपछि  नाै जनामा कोरोना संक्रमण देखिएको हो । यसअघि  माडीमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । 

बिहीबार थपिएका नाैजना संक्रमित माडी नगरपालिका वडा नं. ६ र ७ का पाँच पुरुष र चार महिला छन् । संक्रमित एकजना पाँच महिना बालक छन् । बिहीबार कोरोना संक्रमित भएकाहरुलाई होम क्वारेन्टिनमा राखिएको छ । 

माडी नगरपालिकाले तयार गरेको आइसोलेसनमा संक्रमितलाई राखिएको बताइएको छ । जसका लागि माडी वडा नं. ५मा आइसोलेसन तयार गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि