जेठ ०८, २०८१, मंगलबार
               

तीन सुरक्षाकर्मीसहित थप २५ जनामा कोरोना संक्रमण

नेपाल फ्ल्यास
भदौ ११, २०७७

ADVERTISEMENT

पोखरा । गण्डकी प्रदेशमा तीन जना सुरक्षाकर्मीसहित थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार ९७७ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

बाग्लुङमा नेपाल प्रहरीमा कार्यरत एक जना र लमजुङको बेसीसहरमा कार्यरत नेपाली सेनाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज थपिएकामा संक्रमितमा पर्वतका एक जना, बाग्लुङका आठ जना, लमजुङका चार जना, तनहुँका नौ र नवलपरासी पूर्वका तीन जना रहेका छन् ।

गण्डकी प्रदेशमा कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज (निको) हुनेको संख्या एक हजार ६६५ पुगेको छ । 

यसैबीच पोखरामा बुधबार बिहान कोारेना संक्रमित ३२ वर्षीया महिलाको मृत्यु भएको छ । पोखरा महानगरपालिका ११ की ती महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

गण्डकी प्रदेशमा नौ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि