जेठ ०४, २०८१, शुक्रबार
               

नारायणी अस्पतालको प्रयोशालामा ३३ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
भदौ ११, २०७७

ADVERTISEMENT

काठमाडौं ।  नारायणी अस्पतालस्थित प्रयोगशालामा गरिएको परीक्षणमा बारा, पर्सा र रौतहटका गरी ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

नारायणी अस्पतालको प्रयोगशालमा पाँच सय १०स्वाब नमुना परीक्षण गर्दा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

संक्रमित हुनेमा पर्साका दुई जना सशस्त्र प्रहरी जवान र दुई जना स्वास्थ्यकर्मी र उनीहरुको परिवारका सदस्य छन् । 

त्यससैगरी कोभिड महामारीमा खटिएका जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुर, उनकी श्रीमती एवं नारायणी अस्पतालमा कार्यरत नर्स र उनका छोरामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित सो जिल्लामा २१ जना संक्रमित थप भएका हुन् । 

त्यसैगरी बाराका पाँच जनामा संक्रमण पुष्टि भएको छ। रौतहट गौरका तीनजना कैदीबन्दी र जीतपुर ब्यारेकका एक जना नेपाली सेनामा कोरोना पुष्टि भएको हो । 

यो पनि