जेठ ०४, २०८१, शुक्रबार
               

जनसेवा प्रहरी वृत्तका २० प्रहरीलाई कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
भदौ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । महानगरीय प्रहरी वृत्त र ट्राफिक प्रहरी प्रभाग, जनसेवामा कार्यरत २० जना प्रहरी अधिकारीलाई कारोना भाइरस संक्रमण पुष्टि भएको छ । 

उनीहरुमध्ये केहीलाई प्रहरी अस्पताल र केहीलाई दहचोकको आइसोलेसनमा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकृतले जानकारी दिए ।

प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा २० जना प्रहरी अधिकारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा ११ जना ट्राफिक प्रहरी र ९ जना जनसेवा प्रहरी वृत्तमा कार्यरत अधिकारी छन् । 


कस्तो लाग्यो ?

यो पनि