जेठ ०८, २०८१, मंगलबार
               

ललितपुर, वीरगञ्ज र बुटवलमा चार संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
भदौ ११, २०७७

ADVERTISEMENT

ललितपुर, पर्सा र रुपन्देहीमा गरि चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । ललितपुरमा एक जना, पर्सामा दुई जना र रुपन्देहीको बुटवलमा एक जना गरी चार संक्रमितको मृत्यु भएको हो ।

ललितपुरको पाटन अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । ती महिलाको आइसियूमा उपचार भइरहेको थियो ।

६५ वर्षीया कोरोना संक्रमित महिलाको आज बिहान ६ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

नेपाली सेनाको टोलीले शव व्यवस्थापन गर्ने तयारी गरेको छ। 

यसैबीच, पर्साको वीरगञ्जमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । पर्साको धोविनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुष र बाराको सुवर्ण गाउँपालिका–४ हर्दिया बस्ने २३ वर्षीया महिलाको मृत्यु भएको हो । 

७२ वर्षीय पुरुष भदौ ८ गते नारायणी अस्पताल भर्ना भएका थिए । कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनलाई गण्डक कोभिड अस्पतालमा सार्न खोजिएको थियो । त्यही क्रममा उनको मृत्यु भएको हो । उनमा निमोनियासमेत रहेको चिकित्सकहरुले बताएका छन् ।  उनको हिजो (बुधबार) साँझ मृत्यु भएको हो । 

हर्दियाकी २३ वर्षीया संक्रमित महिलाको पेटमा ३३ हप्ताको बच्चा थियो । भदौ ८ गते नारायणी अस्पतालमा भर्ना भएकी उनलाई सास फेर्न गाह्रो भएपछि भेन्टिलेटरमा राखिएको थियो । २४ घण्टा भेन्टिलेटरमा राख्दा पनि स्वास्थ्यमा कुनै सुधार नभएको चिकित्सकले बताएका छन् । उनको आज  (बिहीबार) बिहान ६ बजे मृत्यु भएको हो।

योसँगै वीरगञ्जमा मात्रै ४४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

त्यस्तै बुटवलमा एक कोरोना संक्रमित ५० वर्षीय पुरुषको मृत्यु भएको छ । 

कोरोना विशेष अस्पताल बुटवलमा उपचारत कपिलवस्तु नगरपालिका १ का ५० वर्षी पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यलय कपिलवस्तुले जनाएको छ ।  

उनी लामो समयदेखि उच्च रक्तचाप, मधुमेहका बिरामी भएको स्वास्थ्य कार्यालयको भनाइ छ  । 


कस्तो लाग्यो ?

यो पनि