जेठ ०८, २०८१, मंगलबार
               

प्रदेश अस्पतालका ६ जना चिकित्सकमा कोरोना संक्रमण, ओपिडी सेवा बन्द

नेपाल फ्ल्यास
भदौ ११, २०७७

ADVERTISEMENT

कर्णाली । प्रदेश अस्पताल सुर्खेतका ६ जना चिकित्सकमा कोरोना संक्रमण देखिएको छ । अस्पतालका अनुसार संक्रमण देखिएकोमा दुई जना कन्सल्ट्यान्ट र ४ जना मेडिकल अधिकृत हुन् । अस्पतालका थप एक स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको छ ।

अस्पतालका निर्देशक डा. डम्बर खड्काले कोरोना विशेष अस्पतालमा संक्रमितको चाप हुनुका साथै कोरोना पुष्टि नभएका तर, संक्रमण भएका व्यक्तिबाट जोखिम बढेको बताए । हाल  कोरोना विशेष अस्पतालमा २३ संक्रमित उपचाररत छन् ।

चिकित्सकमा संक्रमण देखिएपछि अस्पतालले आजदेखि एक हप्ताका लागि ओपिडी सेवा बन्द गरेको छ । एक हप्तापछि अवस्था हेरेर अर्को निर्णय गर्ने निर्देशक खड्काको भनाइ छ  । यस अघि अस्पतालका तीन जना चिकित्सकमा कोरोना संक्रमण देखिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि