जेठ ०९, २०८१, बुधबार
               

बुधबार ११ जनाकाे मृत्यु, कुल १७५ पुग्यो

नेपाल फ्ल्यास
भदौ १०, २०७७

ADVERTISEMENT

काठमाडौं । विगत २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले  जानकारी दिए । 

योसँगै नेपालमा कोरोना संक्रमणका कारण १७५ जनाको मृत्यु पुष्टि भएको छ । 

मन्त्रालयका अनुसार आज २ जना महिला र ९ जना पुरुष गरी ११ जनाकाे मर्त्यु भएकाे हाे । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मोरङ र भक्तपुरका १/१ जना महिलाकाे मृत्यु भएकाे हाे ।  

त्यस्तै कैलालीका २ जना, महाेत्तरीका ३ जना, बाँकेका १ जना, काठमाडौंका १ जना र बारा २ जना गरी ९ जना पुरुषकाे मृत्यु भएकाे मन्त्रालयले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि