मंसिर ०७, २०८१, शुक्रबार
               

कैलालीमा थप एक संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
भदौ १०, २०७७

ADVERTISEMENT

कैलाली । कैलालीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

गोदावरी नगरपालिकाका ११ का ४५ वर्षीय पुरुषको आज (बुधबार) बिहान मृत्यु भएको हो ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत ती पुरुषको मृत्यु भएको हो ।

मंगलबार साँझसम्म धनगढीको निसर्ग अस्पतालको आइसियूमा उपचार गराइरहेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पताल लगिएको थियो ।

नेपाली सेनाले शव व्यवस्थापनको तयारी गरिरहेको छ ।

योसँगै सुदूरपश्चिम प्रदेशमा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि