काठमाडौं । सुनसरीको हिरासतका २१ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सुनसरीका प्रहरीका अनुसार संक्रमण पुष्टि भएकाहरुमा हत्या, बलात्कार, लागूऔषध, सवारी ज्यानलगायत मुद्दाका प्रतिवादी छन् ।
थुनुवामा कोरोना संक्रमण भएपछि अनुसन्धान र कारबाही प्रक्रिया अन्योलमा परेको छ ।योसँगै प्रदेश १ मा एक सय नाैजना कोरोना संक्रमित थपिएका छन् ।
थुनुवामा संक्रमण पुष्टि भएसँगै प्रहरी सो कार्यालयमा सतर्कता अपनाइएको छ ।