जेठ ०७, २०८१, सोमबार
               

पर्सामा थप ३२ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
भदौ ०९, २०७७

ADVERTISEMENT

पर्सा । पर्सामा मंगलबार थप ३२ जनामा संक्रमण पुष्टि भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १० महिला र २२ पुरुषमा गरी ३२ जनामा संक्रमण पुष्टि भएको हो।

३२ जनामध्ये वीरगन्ज महानगरपाकिलकामा मात्रै १४ जनामा संक्रमण भेटिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए। उनका अनुसार, वीरगन्ज महानगरपालिका १२ का ३ जना, वडा नम्बर १४ का २ जना तथा वडा नम्बर ३, ४, ८, ९, १०, ११, १५, १६ र १७ का १,१ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, कालिकामाई गाउँपालिका वडा नम्बर २ र ५ का गरेर १२ जना, जगरनाथपुर गाउँपालिकाको वडा नम्बर २, ३, ५ र ६ का गरेर पाँचजना र  जिराभवानी गाउँपालिका-४ का १ जनामा पनि संक्रमण पुष्टि भएको श्रीवास्तवले जानकारी दिए। 

थपिएका ३२ जना संक्रमित पर्सामा संक्रमितको संख्या १ हजार ९ सय ७८ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।


कस्तो लाग्यो ?

यो पनि