बैशाख २५, २०८१, मंगलबार
               

भेरी अस्पतालका दुई जना चिकित्सक कोरोना संक्रमण

नेपाल फ्ल्यास
भदौ ०९, २०७७

ADVERTISEMENT

बाँके । भेरी अस्पतालका दुईजना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार अस्पतालको प्रयोगशालामा स्वास्थ्यकर्मीको कोरोना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । सो अस्पतालका अनुसार मंगलबार भेरी अस्पतालको मेडिसिन डिपार्टमेन्टका प्रमुख डाक्टर राजन पाण्डे र कोरोनाका फोकलपर्सन डा. संकेत रिसालको रिपोर्ट पोजेटिभ आएको हो।

डाक्टर पाण्डेले आफ्नो फेसबुकमा लेखेका छन्, ‘कोभिड–१९ को बिरामीहरुको उपचारमा कटिदा म पनि संक्रमित भएछु । मसँग एक हप्ताभित्र सम्पर्कमा रहनुभएका सम्पूर्ण व्यक्तिहरुले कोभिड–१९ को जाँच गर्नुहोला । उनले भने, म स्वस्थ भएपछि प्लाज्मा डोनेट गर्नेछु ।’


कस्तो लाग्यो ?

यो पनि