जेठ ०८, २०८१, मंगलबार
               

एउटै वडाका ६ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
भदौ ०९, २०७७

ADVERTISEMENT

दमोली । तनहुँको भानु नगरपालिकाको एउटै वडामा आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भानु नगरपालिका–१ मा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । तीमध्ये चार महिला र दुई पुरुष हुन् । उक्त वडाका ४६ र ६३ वर्षीय पुरुष तथा ४५, ५२, १७ र २५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

ती व्यक्तिहरू सबै समुदायका हुन् । तनहुँमा हालसम्म भानु नगरपालिकामा सबैभन्दा बढी समुदायका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भानु नगरपालिका–१ का ३४ वर्षीय एक पुरुषमा कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङबाट सोही वडाका २० जनामा संक्रमण पुष्टि भएको थियो । त्यसपछि प्रहरी, इन्जिनियर र वडाध्यक्षलाई समेत कोरोना संक्रमण भएको थियो ।

आज थपिएका कोरोना संक्रमित सुरुमा पहिचान भएकाहरुकै नजिकका व्यक्ति रहेको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए । कन्ट्याक्ट ट्रेसिङबाट १ सय २७ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएकोमा ६ जनामा कोरोना पोजेटिभ  पुष्टि भएको उनले जानकारी दिए ।

भानु नगरपालिकामा समुदायका व्यक्तिमा कोरोना फैलिएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले भदौ १४ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि