बुटवल । रुपन्देहीमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
गैडहवा गाउँपालिका–३ का ५५ वर्षीय पुरुषको भीम अस्पताल भैरहवामा सोमबार राति मृत्यु भएको हो ।
एक साताअघि युनिभर्सल मेडिकल कलेजमा उपचाररत ती पुरुषमा चार दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।
घरको छतबाट लडेर घाइते भएपछि उनलई अस्पताल भर्ना गरिएको थियो ।
योसँगै रुपन्देहीमा ६ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।