मंसिर ०७, २०८१, शुक्रबार
               

पोखरामा थपिए चार संक्रमित

नेपाल फ्ल्यास
भदौ ०९, २०७७

ADVERTISEMENT

पोखरा । पोखरामा मंगलबार बिहान थप चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार, पोखरा महानगरका तीन वटा वडाका तीन पुरुष र एक महिलामा कोसंक्रमण पुष्टि भएको हो ।

मंगलबार बिहान पोखरा महानगरको वडा नम्बर १३ का ३० वर्षीय दुई पुरुष, पोखरा–२८ का ३४ वर्षीय पुरुष र पोखरा–२९ की ३६ वर्षीया महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमितमध्ये पोखरा–१३ का दुई पुरुष भारतबाट आएका हुन् भने अन्य दुई जना कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु हुन् ।

संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ८९५  पुगेको छ । 

गण्डकीमा कोरोना मुक्त भएर डिस्चार्ज हुनेको संख्या एक हजार ६३९ पुगेको छ । गण्डकीमा हालसम्म ८ जना संक्रमितको मृत्यु भइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि