बैशाख २२, २०८१, शनिबार
               

कोरोना संक्रमणमुक्तपश्चात् मेयर सरावगीले गरे यस्तो उद्घोष

नेपाल फ्ल्यास
भदौ ०८, २०७७

ADVERTISEMENT

 वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी कोरोना संक्रमण मुक्त भएका छन् । उनका सपरिवारमा कोरोना संक्रमण पुष्टि भएको थियो । हाल उनका बुबाबाहेक अरु सबै कोरोनामुक्त भई घर फर्केका छन् ।

काठमाडौं जाने क्रममा बिरामी भएपछि पीसीआर परीक्षण गराउँदा उनमा साउन १४ गते संक्रमण पुष्टि भएको थियो । उनका ७८ वर्षको बुबा र आमामा दीर्घ रोगी छन् । हाल उनका बुबाको ग्राण्डी अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कोरोनामुक्त भएका मेयरले भारतबाट हुने अवैध आवागमन रोक्नु  आफ्नो र महानगरको प्राथमिकतामा रहेको बताएका छन् । जसका लागि उनले सुरक्षा निकायसँग समन्वयका लागि गृहकार्य थालेको जानकारी दिए । 

त्यसैगरी, उनले अब अस्पताल तथा होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको उपचारमा उच्चतम व्यवस्थाका लागि केन्द्र र प्रदेशको मुख नताक्ने उद्घोष गरेका छन् ।  महानगरले खान नपाएकालाई राहत सामग्री वितरणका लागि महानगरले स्थानीय प्रशासनसँग समन्वय गर्ने बताए । 

यसका अलवा उनले औषधिलगायत सामग्रीको पनि व्यवस्था गर्ने बताएका छन् ।आवश्यक कर्मचारी केन्द्र र प्रदेश सरकारसँग मागेको बताउँदै उनले केन्द्रबाट कर्मचारी नपठाए करारमा लिएर भए पनि कोभिड नियन्त्रणको विषयमा कुनै काम बाँकी नराख्ने बताए । 

यसका अलवा उनले वीरगञ्जका लागि प्रदेश मुख्यमन्त्रीले आवश्यक सहयोग नगरेको  उनको दुखेसो छ । संघीय र प्रदेश सांसदले पनि आवश्यक पहल गर्न नसकेको बताउँदै उनले वीरगञ्जमा अहिलेको अवस्थाको दोष  केन्द्र र प्रदेशले लिनुपर्ने बताए । साथै, वीरगञ्ज महानगरलाई सहयोग नगर्नुको कारणबारे उनले केन्द्र र संघ सरकारले जनतालाई जवाफ दिनुपर्ने बताएका छन् । 

यो पनि