बैशाख २२, २०८१, शनिबार
               

१८ हजार ८ सयभन्दा बढीेले जिते काेरोना, कुन प्रदेशमा कति ?

नेपाल फ्ल्यास
भदौ ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा १ हजार २८३ जना, प्रदेश २ मा ४ हजार २४३ जना र बागमती  प्रदेशमा ७७५ जनाले काेराेना जितेर घर फर्केका छन् । साथै गण्डकी प्रदेशमा १ हजार ६१७ जना, प्रदेश ५ मा ४ हजार ५२६ जना, कर्णाली प्रदेशमा १ हजार ९८२ जना र सुदूरपश्चिम प्रदेशमा ४ हजार ३८० जना संक्रमणमुक्त भएका हुन् ।

योसँगै नेपालमा १८ हजार ८०६ संक्रमित  उपचारपछि निको भएका छन् ।  सोमबार १० हजार २३४ जनाको पिसिआर परीक्षण भएको छ । मन्त्रालयका अनुसार ११ हजार २७५ जना क्वारेन्टाइनमा छन् । हालसम्म १५७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  

 


कस्तो लाग्यो ?

यो पनि