बैशाख २२, २०८१, शनिबार
               

माल्दिभ्समा पनि कोभिड १९ का संक्रमित बढ्दै

एजेन्सी
भदौ ०८, २०७७

ADVERTISEMENT

एजेन्सी । दक्षिण एसियाको सानो देश माल्दिभ्समा पनि कोभिड-९ का संक्रमितहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको बताइएको छ । 

माल्दिभ्सको राजधानी मालेबाट प्राप्त समाचारमा यहाँ संक्रमितहरूको संख्या ६ हजार नाघेको छ । मालदिभ्समा पछिल्लो समयमा कोभिड १९ का संक्रमितहरू बढिरहेका प्राप्त समाचारमा जनाइएको हो ।  

यहाँ कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या २६ पुगेको स्थानीय मिडियाहरूले जनाएका छन्  । 

मालदिभ्सको स्वास्थ्य सुरक्षा निकायका अनुसार यहाँ संक्रमण हुने व्यक्तिको संख्या ६ हजार ७ सय ७९ पुगेको छ ।

यहाँका संक्रमितमध्ये ४ हजार २ सय  २२ जना संक्रमितहरू निको भएर घर फर्किए भने २ हजार ५३२ जना भने संक्रमित नै रहेका र उपचार गराइरहेका छन् ।

अधिकारीहरूले यहाँ बाहिरबाट आएका व्यक्तिहरूबाट कारोना भाइरसको संक्रमण बढ्दै गएको पाइएको पनि बताएका छन् ।  

यो पनि