बैशाख २२, २०८१, शनिबार
               

पर्सा र बारामा थप ५३ जनालाई काेरोना संक्रमण

नेपाल फ्ल्यास
भदौ ०८, २०७७

ADVERTISEMENT

पर्सा र बारामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा पछिल्लोपटक गरिरहेको स्वाबको नमुना परीक्षणबाट पर्सामा ३४ र बारामा १९ जना संक्रमित थपिएका हुन् । 

थप संक्रमितमध्ये सात जना महिला र ४६ जना पुरुष रहेको नारायणी अस्पतालले जनाएको छ । संक्रमितहरू दुई वर्षदेखि ७२ वर्ष सम्मका रहेको प्रयोगशालाका प्रमुख डा. नीरा पाठकले बताइन् । दुवै जिल्लाका कुल ३०५ जनाको स्वाव परीक्षण गरिएको थियो । 

यो पनि