बैशाख २२, २०८१, शनिबार
               

थप तीन सुरक्षाकर्मीमा कोरोना संक्रमण

नेपाल फ्ल्यास
भदौ ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । गण्डकी प्रदेशमा थप तीन जना सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

सोमबार बिहान थपिएका आठ संक्रमितमध्ये तीन जना सुरक्षाकर्मी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमित सुरक्षाकर्मीमा स्याङ्जा पुतलीबजारका र तनहुँ ब्यास नगरपालिकाका गरी दुई जना सैनिक छन् भने म्याग्दी बेनी नगरपालिकाका एक जना प्रहरी छन् ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ८८८ पुगेको छ ।

यसैबीच गण्डकीमा एक हजार ६१२ संक्रमित निको भएर (डिस्चार्ज) भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि