बैशाख २१, २०८१, शुक्रबार
               

गण्डकीमा ६ वर्षिया बालिकासहित आठ जनामा संक्रमण

नेपाल फ्ल्यास
भदौ ०८, २०७७

ADVERTISEMENT

पोखरा । गण्डकी प्रदेशमा ६ वर्षिया बालिकासहित थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार बिहान गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तिअनुसार थप आठ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

नवलपुर बिनायत्रिबेणी-१ की ६ वर्षीय बालिका र कै  २८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको  निर्देशनालयले जनाएको छ ।

त्यस्तै तनहुँ ब्यास–५ का २६ वर्षीय पुरुष तथा शुक्लागण्डकी–४ का २८ वर्षीय पुरुष, बाग्लुङ नगरपालिका–२ का २० र २२ वर्षीय दुई पुरुष, म्याग्दी बेनीका २० वर्षीय पुरुष र स्याङ्जा पुतलीबजारका ३७ वर्षीय पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ८८८ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि