बैशाख २२, २०८१, शनिबार
               

काठमाडौंमा कोरोना परीक्षणको दायरा बढाउने तयारी

नेपाल फ्ल्यास
भदौ ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौंमा कोरोना जोखिम‍लाई मध्यनजर गर्दै नगरपालिका फोरमले कन्ट्याक्ट ट्रेसिङको दायर बढाउने भएको छ। 

आइतबार नगरपालिका फोरमका पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । ‘पछिल्लो समय उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । यो प्रक्रिया निरन्तर रहने हो भने समुदायस्तरमै पुग्ने खतरा हुन्छ,’ काठमाडौंका मेयर शाक्यले भने, ‘संघीय राजधानी समेत रहेको र घनावस्ती उपत्यकामा कोरोना संक्रमण समुदायस्तरमा फैलियो भने भयावह अवस्था आउन सक्छ । यसको रोकथाम र नियन्त्रणका लागि सबै पालिका एकीकृत योजना बनाएर अघि बढ्ने तयारी भएको छ ।’ 

उपत्यकामा मात्रै १५ देखि २० हजारको परीक्षण गर्ने हाम्रो योजना रहेकाे नगरपालिका फोरमका सचिव मदनसुन्दर श्रेष्ठलेले बताए ।  साथै बैठकले तेस्रो मुलुकबाट आउनसक्ने ठूलो संख्याका यात्रुलाई ध्यानमा राखी क्वारेन्टाइन व्यवस्थापनमा सहयोग गर्न संघीय सरकारसँग माग गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि