बैशाख २७, २०८१, बिहीबार
               

औषधि र पानी​​​​​​​ पसल चौबीसै घण्टा खुल्ने

नेपाल फ्ल्यास
भदौ ०७, २०७७

ADVERTISEMENT

काठमाडौ‌ंमा अत्यावश्यक सेवामध्ये पानी र औषधि तथा स्वास्थ्यसामग्री बिक्रीवितरण गर्ने व्यवसाय चौबीसै घण्टा र अन्य बिक्रीवितरण गर्ने व्यवसाय भने बिहान ९ः१५ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने भएको छ । अत्यावश्यकबाहेकका गतिविधि निषेधको आदेश जारी भएको वर्तमान समयमा उक्त आदेश कार्यान्वयनको सिलसिलामा अत्यावश्यक वस्तु वा सेवामध्ये औषधि, पानी र स्वास्थ्य सामग्री बिक्रीवितरण गर्ने पसल जुनसुकै समयमा पनि खुला गर्न पाइने जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज विज्ञप्ति जारी गरी जनाएको छ ।  

यद्यपि अत्यावश्य वस्तु र सेवामध्ये खाद्य वस्तु, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछामासु आदि बिक्रीवितरण गर्ने पसल भने बिहान ९ः१५ बजेसम्म खोल्न पाइने छ । यसरी व्यवसाय सञ्चालन गर्दा अनिवार्य रुपमा सामाजिक दूरी कायम राख्नुपर्ने, मास्क र सेनिटाइजरको प्रयोगलगायत स्वास्थ्य मापदण्डको पूर्ण कार्यान्वयन गनुृपर्ने सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ९३० र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम यही भदौ ३ गते राति १२ः०० बजेदेखि भदौ १० गते राति १२ः०० बजेसम्मका लागि उपत्यकाभर लागू हुने गरी अत्यावश्यकबाहेक गतिविधिमा निषेधको आदेश जारी भएको छ । महामारीका रुपमा फैलिरहेको कोभिड–१९ सङ्क्रामण रोक्न उक्त आदेश जारी गरिएको हो ।


कस्तो लाग्यो ?

यो पनि